सहारा बाल आधारभूत विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण

पाेखरा | बैशाख २६, २०८१

सहारा बाल आधारभूत विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण

पोखरा:    बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयलाई पोखरा–१७ विरौटा निवासी समाजसेवी धन कुमारी गुरुङले स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् ।


विपन्न तथा अव्यवस्थित बस्तीका २ सय ७० बालबालिकाले अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकालाई प्रविधीमैत्री रुपमा अध्यापन गर्न सहज हुने हेतुले टेलिभिजन हस्तान्तरण गरिएको गुरुङले बताइन् । मातातिर्थ औँशीको दिन पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै गुरुङले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गरेकी थिइन् ।


कार्यक्रममा पोखरा–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकाली, वडा सदस्य नन्दराम गिरी, अग्रज फोटो पत्रकार एवम् विद्यालयका अक्षयकोष दाता सुदर्शन रञ्जित, सञ्चारकर्मी तथा व्यवसायी सपना गुरुङ, विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णु सुवेदीले बोलेका थिए ।

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्