सहारा बाल आधारभूत विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण
पाेखरा | बैशाख २६, २०८१
पोखरा: बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयलाई पोखरा–१७ विरौटा निवासी समाजसेवी धन कुमारी गुरुङले स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् ।
विपन्न तथा अव्यवस्थित बस्तीका २ सय ७० बालबालिकाले अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकालाई प्रविधीमैत्री रुपमा अध्यापन गर्न सहज हुने हेतुले टेलिभिजन हस्तान्तरण गरिएको गुरुङले बताइन् । मातातिर्थ औँशीको दिन पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै गुरुङले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गरेकी थिइन् ।
कार्यक्रममा पोखरा–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकाली, वडा सदस्य नन्दराम गिरी, अग्रज फोटो पत्रकार एवम् विद्यालयका अक्षयकोष दाता सुदर्शन रञ्जित, सञ्चारकर्मी तथा व्यवसायी सपना गुरुङ, विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णु सुवेदीले बोलेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

